स्थानीय समाचार

महोत्तरीमा १५० किलो गाँजासहित दुई जना पक्राउ

महोत्तरी, १७ सेप्टेम्बर: महोत्तरी जिल्लामा ठूलो मात्रामा गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरी र इलाका प्रहरी कार्यालय रामगोपालपुरको संयुक्त टोलीले रामगोपालपुर नगरपालिका–५ बाट १५० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूमा धादिङको धुनीबेँसी नगरपालिका–६ का ३० वर्षीय सञ्जीप खत्री र चितवनको खैरेनी नगरपालिका–१ का १८ वर्षीय सुदिप अधिकारी रहेका छन्। प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार, पक्राउ परेका खत्री र अधिकारी बा प्र ०१–०२६च १३३६ नम्बरको पिकअप सवारीका चालक र सहचालक हुन्। प्रहरीले गोप्य सूचनाको आधारमा पिकअप गाडीलाई रोकी जाँच गर्दा त्रिपालभित्र लुकाइएको १० पोका गाँजा भेट्टाएको थियो। उनीहरूलाई जलेश्वरतिर गाँजा लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। दुवै जनामाथि थप कानुनी…
थप पढ्नुहोस्

घट्यो इन्धनको मुल्य

२०८१/०५/१५ नेपाल आयल निगमले इन्धनको मूल्य घटएको छ। निगमले आज सार्वजनकि गरेको विवरण अनुसार राती १ बजेदेखि लागू हुने गरी पेट्रोलमा २ , मट्टितेल र डिजलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाइएको छ।
थप पढ्नुहोस्

‘लाज पनि छैन । कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरू ! यही हो तिमीहरुको संस्कृति ?’

तस्विर: अनलाइन खवर ‘लाज पनि छैन । कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरू ! यही हो तिमीहरुको संस्कृति ?'सार्वजनिक मञ्चबाट एउटा पूर्व-प्रधानमन्त्रीको भाषा ! लोकतन्त्रमा नेता र दलप्रति विरोध र प्रदर्शन स्वाभाविक मानिन्छ । त्यसमाथि ऱ्याल चुहाउँदै सत्तामा आजीवन टाँसिइराख्न चाहनेहरू प्रति सधैँ जनताले फूलमाला र खादा अर्पण गर्ने भन्ने त हुँदैन ! तिनको छोरा या नातिको पास्नीमा पुगेर विरोध गरेको भए त्यो व्यक्तिगत या असंस्कृत हुन्थ्यो । बड़ो लोकतान्त्रिक दल भनिने कांग्रेसका यी मुखियाको आजसम्म कुनै एउटा भाषण, कुनै एउटा अन्तर्वार्ता या कुनै एउटा लेख पढिएको छैन जसमा देश र नागरिक समस्याप्रति चिन्ता, निकास या विकासको रौँजत्तिकै रोडम्याप होस् ! तथ्य, भिजन, भद्रता र हास्यको किञ्चित् अंश पनि नभएको र…
थप पढ्नुहोस्

भाइरल फेसबुक पोस्ट, महिलाहरूले सार्वजनिक यातायातमा भोग्ने समस्याहरूलाई उजागर गर्ने पोष्ट

गरीमा पाण्डेले फेसबुकमा पोस्ट गरिएको एक फोटो हालै भाइरल भएको छ, जसले महिलाहरूले सार्वजनिक यातायातमा भोग्नुपरेका दैनिक चुनौतीहरूमा व्यापक चर्चा सुरु गरेको छ। उक्त तस्वीरमा बसभित्रको साँघुरो सीट देखाइएको छ, जसले महिलाहरूले आफ्नो दैनिक यात्रा गर्दा अनुभव गर्ने असुविधा र सम्भावित उत्पीडनलाई उजागर गर्छ। छोटो तर शक्तिशाली क्याप्सनसँगै "Dear men, Please. Kindly, a woman." ले सोही परिस्थितिमा रहेका धेरै महिलाहरूको निराशा र थकानलाई समेटेको छ। यो पोस्ट सामाजिक सञ्जालमा छिट्टै फैलियो, जहाँ प्रयोगकर्ताहरूले आफ्नै कथाहरू साझेदारी गर्दै पुरुष यात्रुहरूबाट बढी सचेतना र सम्मानको आवश्यकता रहेको भन्दै आवाज उठाए। तस्वीरको व्यापक प्रसारसँगै, यसले सबै यात्रुहरूको लागि सुरक्षित र आरामदायक वातावरण सिर्जना गर्नुपर्ने महत्वपूर्ण आवश्यकता सहित सार्वजनिक यातायात प्रणालीमा सुधार गर्नुपर्ने कुरामा…
थप पढ्नुहोस्

खयरमारामा चोरीका मोटरसाइकलको चलखेल, जनगुनासो बढ्दो

बर्दिबास, २०८१ साउन ३१ खयरमारामा चोरीका मोटरसाइकलको चलखेल, जनगुनासो बढ्दो बर्दिबास नगरपालिका वडा नं. ११ खयरमारामा चोरीका नेपाली नम्बर प्लेट भएका मोटरसाइकलहरू खुल्ला रूपमा चलिरहेका छन् भन्ने व्यापक जनगुनासोहरू आइरहेका छन्। यस स्थितिमा, यदि चोरीका मोटरसाइकलहरू दुर्घटनामा परेमा वा कसैलाई ठक्कर दिएमा यसको जवाफदेही को हुने भन्ने ठूलो प्रश्न उठेको छ। यस प्रकारका घटनाहरूले न केवल स्थानीय बासिन्दाहरूको सुरक्षा जोखिममा पार्ने सम्भावना छ, बरु सम्पूर्ण समुदायमा त्रासको माहोल सृजना गर्ने गर्दछ। खयरमारा प्रहरी चौकीले यथाशीघ्र यस विषयमा गम्भीर अनुसन्धान गरी आवश्यक कारबाही गर्नुपर्ने माग स्थानीयहरूको रहेको छ। चोरीका मोटरसाइकलहरू नियन्त्रणमा नलिँदा भविष्यमा ठूला दुर्घटनाहरू हुने र निर्दोष मानिसहरूलाई अनावश्यक रूपले क्षति पुग्न सक्ने सम्भावना रहेको छ।स्थानीय प्रशासन र प्रहरी चौकीले…
थप पढ्नुहोस्