स्थानीय समाचार

संयुक्त राज्य अमेरिकाले सन् २०२६ का लागि डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमका लागि आवेदन खुला गरेको छ।

काठमाडौंस्थित अमेरिकी दूतावासले असोज १६ गते राति ९ः४५ बजेबाट कात्तिक २० गतेसम्म आवेदन दिन सकिने जनाएको छ। दूतावासले आवेदन निःशुल्क रहेको र यसका लागि कुनै पनि परामर्शदाताको आवश्यकता नपर्ने जनाएको छ। आवेदन गर्दा परिवारका सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिबाट सहयोग लिन सकिने भए पनि व्यावसायिक परामर्शदाताबाट बच्न सुझाव दिएको छ।आवेदन फारममा श्रीमान्/श्रीमती तथा २१ वर्षमुनिका अविवाहित सन्तानलाई सूचीकृत गर्नु अनिवार्य छ। फारममा हालसालै खिचिएको फोटो आवश्यक पर्नेछ। विगतमा आवेदनका लागि राहदानी अनिवार्य गरिएको भए पनि यो पटक राहदानी विना नै आवेदन दिन सकिनेछ। Oplus_0 डीभीको नतिजा २०८२ वैशाख २० गतेपछि उपलब्ध हुने जनाइएको छ। हरेक वर्ष अमेरिकाले डाइभर्सिटी भिसा कार्यक्रममार्फत विभिन्न देशका सयौं व्यक्तिलाई स्थायी बसोबासको अनुमति दिँदै आएको…
थप पढ्नुहोस्

खयरमारामाको शिर खोलाले बगाउँदा एक जनाको मृत्यु

असोज – १२ महोत्तरी जिल्लाको बर्दिवास–१० झ्याउरे भांग्रेका २१ वर्षीय मानबहादुर थिङको शिर खोलाले बगाउँदा मृत्यु भएको छ। शनिबार बिहान १० बजेतिर घरबाट हराएका थिङको शव स्थानीयले खयरमारा खोलाको किनारमा फेला पारेका हुन्। स्थानीयले खोलामा एक व्यक्ति बगिरहेको देखेपछि जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए। स्थानीयले शनिबार साँझ ५ बजे खयरमारा ११ स्थित मालगदिस विद्यालय नजिकै खोलाको किनारमा  थिङको शव फेला पारेको हो।  बर्दिवास–१० का अध्यक्ष प्रमोद मोक्तानका अनुसार शिर खोलाबाट करिब ५ किलोमिटर तल खयरमारा खोलामा थिङको शव भेटिएको हो। थिङ मानसिक रुपमा अस्वस्थ रहेको बुझिएको छ। 
थप पढ्नुहोस्

बर्दिवासमा सस्तो बजार सञ्चालन हुने

महोत्तरी, बर्दिवास आगामी दसैं पर्वलाई लक्षित गरी महोत्तरीको बर्दिवासमा सस्तो बजार लाग्ने भएको छ। उद्योग वाणिज्य संघ बर्दिवासको आयोजनामा असोज १६ गतेदेखि २५ गतेसम्म दसैं सस्तो बजार सञ्चालन गरिने संघले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो।संघका अध्यक्ष विष्णु खड्काले सस्तो बजारमा खाद्यान्न, लत्ताकपडा, जुत्ता चप्पल लगायतका विभिन्न ६० वटा स्टल रहने जानकारी दिए। बर्दिवास-१४ स्थित औरही रोडको तरकारी बजार क्षेत्रमा सञ्चालन हुने यस सस्तो बजारमा बर्दिवासका स्थानीय व्यवसायीहरूका मात्रै स्टलहरू रहने छन्। Oplus_0 संघका महासचिव उत्तम श्रेष्ठले स्थानीय व्यवसायीहरूलाई प्रोत्साहन गर्न र उपभोक्तालाई सुलभ मूल्यमा सामान उपलब्ध गराउन सस्तो बजार आयोजना गरिएको बताए। दसैं पर्वको पूर्वसन्ध्यामा यस बजारले सर्वसाधारणलाई आवश्यक सामग्रीहरू सहुलियत दरमा उपलब्ध गराउने अपेक्षा गरिएको छ।
थप पढ्नुहोस्

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा बृहत्त वृक्षारोपण कार्यक्रम सम्पन्न

२०८१ असोज २ बर्दिबास नगरपालिका वडा नं. ०५, टुटेश्वरमा संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा "बृहत्त वृक्षारोपण" कार्यक्रम सम्पन्न भएको छ। महोत्तरी जिल्ला मुल समारोह समितिको आयोजनामा सम्पन्न कार्यक्रमले पर्यावरणीय सन्तुलन र हरियाली प्रवर्द्धनमा योगदान पुर्याएको छ। वृक्षारोपण कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख श्री सुमन कुमार लाल कर्ण, बर्दिबास नगरपालिकाका प्रमुख प्रहलाद क्षेत्री, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, गोरखनाथ गण प्रकौली व्यारेकका गणपति बिनोद बिकाश पाठक, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक नकुल पोखरेल, सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण हे.क्वा. महोत्तरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिनोद के.सी., राष्ट्रिय अनुसन्धान आयोग महोत्तरीका उप-निर्देशक सुदिप अधिकारी, स्थानीय जनप्रतिनिधि तथा आम नागरिक गरी ४० जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न…
थप पढ्नुहोस्

खयरमारामा राजनीतिक भागबन्डाले साधारणसभा र भेलामा कम सहभागिता

बर्दिबास–१०/११ खयरमारामा रहेका कतिपय विद्यालय तथा सामुदायिक सरकारी निकायहरूको साधारणसभा र उपभोक्ता भेलामा अभिभावक तथा उपभोक्ताहरूको अत्यन्तै कम उपस्थिति देखिन थालेको छ। यस कारणले गर्दा हालसालै कतिपय सभा तथा भेलाहरू अर्को दिनका लागि सार्नुपर्ने अवस्था आएको छ। हिजोकै दिनमा भएको खयरमारा खानेपानी तथा उपभोक्ता समितिको साधारणसभामा ६६० घरधुरी उपभोक्ता मध्य करिब करिब १५० उपभोक्ताको न्यून उपस्थिति रहेकोले असोज ३ गतेका लागि भेला सार्नु परेको छ। त्यो भन्दा पहिलेनै हुने भनिएको श्री लक्ष्मी नारायण जनता माध्यमिक बिद्यालयको अभिभावक भेला तथा खयरमारा जल तथा उपभोक्ता समितिको भेला पनि सरेको छ।स्थानीय जनताका अनुसार यस स्थितिको प्रमुख कारण भने राजनीतिक भागबन्डाको आधारमा पदाधिकारी चयन हुनु हो। कतिपय स्थानमा, साधारणसभा हुनु अगाडि नै नेताहरूले आपसमा…
थप पढ्नुहोस्