सर्लाहीको लालबन्दी नगरपालिका–१४ स्थित डाइनी खोला छेउबाट प्रहरीले ११२ किलो ७८ ग्राम लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा ४२ वर्षीय सोमबहादुर तामाङ रहेका छन्। इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी गस्ती टोलीले सोमबार राति १० बजे उक्त स्थानमा पुगेर तामाङलाई पक्राउ गरेको हो। उनले गाँजा ओसारपसार गर्न प्रयोग गरेको भारतीय नम्बर प्लेट (BR 32 AN 0817) भएको स्कारपियो गाडी र लु.२२ प ३८९४ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ। प्रहरीका अनुसार तामाङले गाँजा प्लास्टिकमा प्याक गरेर गाडीमा राखेका थिए। घटनास्थलमा प्रहरी पुगेकै बेला गाँजाको कारोबारमा संलग्न अन्य व्यक्ति भने फरार हुन सफल भएका थिए। पक्राउ परेका तामाङमाथि लागुऔषध सम्बन्धी मुद्दा दायर…
काठमाडौं काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठुलो परिमाणमा अवैध विदेशी मुद्रा ओसारपसार तथा कारोबारमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीले टोखा नगरपालिका-२, झोरस्थित एक मालबाहक ट्रकबाट अमेरिकी डलर र युरो बरामद गरेको छ।गोप्य सूचनाका आधारमा प्रहरीले चैत ४ गते राति करिब ११ बजे ना. ७ ख १६५२ नम्बरको ट्रकलाई शंका लागि रोकेर खानतलासी गर्दा ड्राइभरको क्याबिनमा फल्स बटम बनाई लुकाइएका अमेरिकी डलर र युरो फेला पारेको हो। ट्रक चालक फुच्चे भन्ने कुसाङ लामा लाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।बरामद भएको रकमअमेरिकी डलर ($100 दरका नोट) – ३,११९ थानअमेरिकी डलर ($50 दरका नोट) – १७९ थानयुरो (€500 दरका नोट) – ११ थानयुरो (€200 दरका नोट) – ४८०…
काठमाडौं, नेपाल – राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार नेपालको उत्तर क्षेत्रमा ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक जिल्लाको भैरव कुण्ड आसपास रहेको छ।भूकम्पको धक्का काठमाडौं तथा वरपरका क्षेत्रमा समेत महसुस गरिएको थियो, जसका कारण त्रसित भएर मानिसहरू घरबाट बाहिर निस्केका थिए। हालसम्म कुनै ठूलो जनधनको क्षति भएको आधिकारिक रिपोर्ट आएको छैन।
बर्दिबास, महोत्तरी – बर्दिबास नगरपालिकाले विद्यार्थीहरूलाई सिकाइ, रचनात्मकता र सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले दुई दिने ‘बर्दिबास शैक्षिक महोत्सव–२०८१’ आयोजना गर्ने भएको छ। महोत्सव आगामी फाल्गुन ११ र १२ गते बर्दिबास–०१ स्थित श्री देउराली माध्यमिक विद्यालय परिसरमा सम्पन्न हुनेछ।शिक्षा, संस्कृति, रचनात्मकता तथा विज्ञान प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस महोत्सवमा विभिन्न कार्यक्रमहरू समावेश छन्।महोत्सवमा भाग लिन इच्छुक विद्यालयहरूले फाल्गुन ९, २०८१ भित्र बर्दिबास नगरपालिकाको शिक्षा, युवा र खेलकुद शाखामा दर्ता गर्नुपर्ने नगरपालिकाले जनाएको छ।
महोत्तरी, २८ माघ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीले सुरु गर्न लागेको तराई मधेश जागरण अभियान को तयारीमा जुट्न मधेश प्रदेशका नेताहरूलाई निर्देशन दिनुभएको छ।मधेशमा माओवादी पार्टी अझै पनि बलियो रहेको दाबी गर्दै अध्यक्ष प्रचण्डले यो अभियान सफल भएमा पार्टीको जनाधार थप मजबुत हुने बताउनुभयो। मधेश प्रदेशमा कार्यरत माओवादी केन्द्रका केन्द्रीय तहका सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै उहाँले फागुन १२ गतेदेखि सुरु हुने अभियानको तयारी तीव्र पार्न निर्देशन दिनुभएको हो। झापाबाट सुरु भएर कञ्चनपुरसम्म पुग्ने अभियानप्रचण्डका अनुसार अभियान झापाबाट सुरु भई कञ्चनपुरसम्म हुलाकी मार्ग केन्द्रित अभियान को रूपमा सम्पन्न गरिनेछ। त्यसपछि पहाड तथा हिमाली क्षेत्रमा मध्यपहाडी लोकमार्ग केन्द्रित पूर्वपश्चिम जागरण अभियान सञ्चालन गरिनेछ।दुबै अभियान सम्पन्न भएपछि काठमाडौंमा भव्य…
