बर्दिबास, महोत्तरी | २०८१ आषाढ कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–१०, टुटेश्वरस्थित श्री जनता आधारभूत विद्यालयलाई ५ वटा सिलिङ फ्यान प्रदान गरेको छ।फ्यान हस्तान्तरण कार्यक्रम विद्यालय परिसरमै एक सानो समारोहका साथ सम्पन्न भएको थियो। कार्यक्रममा कुमारी बैंकका मधेस प्रदेश प्रमुख सुरेश यादव, मधेस प्रदेश अपरेसन विभागका प्रमुख विक्रम कुमार श्रेष्ठ र खयरमारा शाखा प्रमुख निर्माण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो। उहाँहरूले विद्यालयका प्रधानाध्यापक अम्बर बहादुर विश्वकर्मालाई फ्यानहरू औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको हो। यस सहयोग कार्यक्रममार्फत अत्यधिक गर्मीका कारण कक्षा कोठामा पठनपाठनमा समस्या झेलिरहेका बालबालिकाहरूलाई सहज र शीतल वातावरणमा अध्ययन गर्ने अवसर उपलब्ध हुने अपेक्षा गरिएको छ।कुमारी बैंक खयरमारा शाखाले विगत ३ वर्षदेखि यस क्षेत्रका…
महोत्तरी तथा सर्लाहीको उत्तरी भेग चुरे भूभाग भन्दा तल रहेको बाँके खोला, छोड्के खोला, तथा खयरमारा खोलाको अधिकांश स्थानीय बासिन्दाले पछिल्लो केही वर्ष देखि नेपालमा प्रतिबन्धित लागुऔषधको रुपमा रहेको गाँजा खेती व्यवसायीक रुपमा गर्ने गरेका छन् । भौगोलिक विकटता, गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारीका लागि अन्य जिल्ला तथा वैदेशिक रोजगारी बाट फर्केकाहरू समेत यसै पेशामा संलग्न छन्। सरकारी बिद्यालयमा अध्यापन गराउने शिक्षक समेत यश पेशामा लागेका छन्। यश प्रतिबन्धित गाँजा खेती पछिल्लो वर्ष भन्दा यो वर्ष बर्दिबास १०/११ खयरमाराका तल्लो भेगमा बस्ने अन्य व्यक्तिले समेत जमिन भाडामा लिएर गाँजा खेती गरेकाले झनै मौलाएको ठोकुवाका साथ भन्न सकिन्छ । माथिल्लो भेगका आर्थिक रुपले विपन्न परिवार जो सँग कसैले ऋण पत्याउने हैसियत छैन…
Oplus_131072 बर्दिबास, महोत्तरी — बर्दिबास नगरपालिकाले अत्यधिक गर्मी र तातो हावाका कारण विद्यालय बन्द गर्ने निर्णय गरेको छ। केही दिनयता बढ्दो गर्मीले विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने भएकोले नगरपालिकाले यस्तो निर्णय लिएको हो।नगर कार्यपालिकाको कार्यालयबाट जारी सूचनामा भनिएको छ, “२०८२ सालको शैक्षिक सत्र अन्तर्गतको पठनपाठन २०८२/०३/०१ गतेदेखि २०८२/०३/०३ गते मङ्गलवारसम्मका लागि बन्द गरिएको छ।”यस अवधिमा बर्दिबास नगरपालिका क्षेत्रभित्रका सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरू सबै बन्द रहने छन्।नगरपालिकाका उपसचिव रेवती प्रसाद पराजुलीद्वारा हस्ताक्षरित सूचनामा विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै अस्थायी विदा दिइएको उल्लेख गरिएको छ।
सर्लाहीको लालबन्दी नगरपालिका–१४ स्थित डाइनी खोला छेउबाट प्रहरीले ११२ किलो ७८ ग्राम लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा ४२ वर्षीय सोमबहादुर तामाङ रहेका छन्। इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी गस्ती टोलीले सोमबार राति १० बजे उक्त स्थानमा पुगेर तामाङलाई पक्राउ गरेको हो। उनले गाँजा ओसारपसार गर्न प्रयोग गरेको भारतीय नम्बर प्लेट (BR 32 AN 0817) भएको स्कारपियो गाडी र लु.२२ प ३८९४ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ। प्रहरीका अनुसार तामाङले गाँजा प्लास्टिकमा प्याक गरेर गाडीमा राखेका थिए। घटनास्थलमा प्रहरी पुगेकै बेला गाँजाको कारोबारमा संलग्न अन्य व्यक्ति भने फरार हुन सफल भएका थिए। पक्राउ परेका तामाङमाथि लागुऔषध सम्बन्धी मुद्दा दायर…
काठमाडौं काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठुलो परिमाणमा अवैध विदेशी मुद्रा ओसारपसार तथा कारोबारमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीले टोखा नगरपालिका-२, झोरस्थित एक मालबाहक ट्रकबाट अमेरिकी डलर र युरो बरामद गरेको छ।गोप्य सूचनाका आधारमा प्रहरीले चैत ४ गते राति करिब ११ बजे ना. ७ ख १६५२ नम्बरको ट्रकलाई शंका लागि रोकेर खानतलासी गर्दा ड्राइभरको क्याबिनमा फल्स बटम बनाई लुकाइएका अमेरिकी डलर र युरो फेला पारेको हो। ट्रक चालक फुच्चे भन्ने कुसाङ लामा लाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।बरामद भएको रकमअमेरिकी डलर ($100 दरका नोट) – ३,११९ थानअमेरिकी डलर ($50 दरका नोट) – १७९ थानयुरो (€500 दरका नोट) – ११ थानयुरो (€200 दरका नोट) – ४८०…
