Oplus_131072 सर्लाहीको हरिपूर्वामा एक युवकले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् भने उनका बुवा गोली लागेर घाइते भएका छन्। घटना हरिपूर्वा नगरपालिका-५ मा घटेको हो, जहाँ धीरेन्द्र यादव नामका युवकले आफ्नी २३ वर्षीया श्रीमती चित्रलेखा यादवलाई गोली हानी हत्या गरेका हुन्।प्रहरीका अनुसार यो घटना गएराति पौने २ बजेको समयमा भएको थियो। धीरेन्द्र आफ्नो साथीको साथ मोटरसाइकलमा आएका थिए। साथीले मोटरसाइकल बाहिर रोकेर बसिरहेका बेला धीरेन्द्र घरभित्र पसेर चित्रलेखामाथि गोली प्रहार गरेका थिए।टाउकोमा दुई राउन्ड गोली लागेपछि चित्रलेखाको घटनास्थलमै मृत्यु भएको थियो। यसै क्रममा धीरेन्द्रका ५४ वर्षीय बुवा रामदिनेश रायलाई पनि गोली लागेको छ, जसको उपचार अहिले प्रादेशिक अस्पताल मलंगवामा भइरहेको छ।गोली प्रहार गरेपछि धीरेन्द्र साथीको साथमा मोटरसाइकलबाट फरार भएको…
भक्तपुर, ६ अशोज चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। प्रहरीको साइबर ब्युरोबाट खटिएको टोलीले आज बिहान भक्तपुरस्थित उनको निवासबाट नियन्त्रणमा लिएको हो। प्रहरी स्रोतका अनुसार साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो।प्रसाईंको पक्राउबारे विस्तृत विवरण आउन बाँकी भए पनि यस घटनाले सर्वसाधारण र सामाजिक सञ्जालमा व्यापक चासो बढाएको छ। दुर्गा प्रसाईं नेपालका ठूला व्यवसायीहरूमध्ये एक हुन् र उनको नाम विभिन्न सामाजिक तथा व्यवसायिक विवादहरूमा चर्चामा रहँदै आएको छ।प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।
बर्दिबास - नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजया दशमीको शुभ साइत सार्वजनिक गरेको छ। समितिका अनुसार, विजया दशमीको टीका लगाउने उत्तम साइत असोज २६ गते बिहीबार बिहान ११:३६ बजे रहेको छ। साथै, सोही दिन बिहान ८:३३ बजे देवी विसर्जनको साइत रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभएको छ। अध्यक्ष अधिकारीका अनुसार, विजया दशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नुपर्ने छ। यस वर्षको नवरात्र अर्थात् दसैँ असोज १७ गते बिहीबारदेखि सुरु हुँदैछ। घटस्थापनाको साइत बिहान ९:१६ बजे रहेको समितिले जनाएको छ।अन्य मुख्य साइतहरूमा असोज १८ गते शुक्रबार झण्डा फर्ने समय बिहान ९:१४ बजे, असोज २२ गते मंगलबार पचलीभैरव यात्रा, असोज २४ गते बिहीबार फूलपाती र श्री तुलजाभवानी यात्राको साइत…
Oplus_131072 सर्लाही, २ असोज – सर्लाही जिल्लाको लालबन्दी नगरपालिकाको दुर्गम गाँउ नारायणखोलामा असारदेखि यातायात ठप्प भएको छ। वर्षायाम सुरु भएसँगै बाढीले खोलाका बाटाहरू बिगारेपछि चुरे भेगका गाउँमा यातायातका साधन अवरुद्ध भएका हुन्। नारायण खोला, शीर कालिञ्जोर, पिपलदमार लगायतका विकट बस्तीहरूमा बस सेवासमेत ठप्प भएपछि स्थानीयहरूलाई किनमेल तथा औषधोपचारका लागि घण्टौं पैदल हिँड्न बाध्य हुनुपरेको छ। Oplus_131072 लालबन्दी बजारसम्म सडक सञ्जालले जोडिए तापनि बर्खायाममा खोला बगरको बाटो प्रयोग गर्नुपर्दा गाडी सञ्चालन रोकिएको छ। पत्थरकोटसम्म मात्र यातायात पुगेको भए पनि त्यहाँबाट चारदेखि पाँच घण्टासम्म पैदल यात्रा गर्नुपर्ने बाध्यता छ। नारायण खोला क्षेत्रमा वर्षायाममा बाढीका कारण बस सेवा अवरुद्ध हुँदा स्थानीयहरू दशैंको मुखमा निराश बनेका छन्।चुरे क्षेत्रका बासिन्दाहरू घाँस, दाउरा संकलन तथा दैनिक…
बर्दिबास, असोज ३ – संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमसहित हर्षोल्लासका साथ मनाइँदैछ। नेपालको संविधान जारी भएको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते मनाइने यो दिवस यसपटक पनि विशेष कार्यक्रमका साथ मनाइँदैछ छ। आज बिहान सैनिक मञ्च टुँडिखेलमा प्रमुख समारोह सम्पन्न हुँदैछ, जसमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको छ। उक्त कार्यक्रममा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गर्नुहुने कार्यक्रम छ। साँझ राष्ट्रपति निवास राप भवनमा स्वागत समारोहको आयोजना हुने पनि तय भएको छ, जसमा विभिन्न उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहनेछ। संविधान दिवसका अवसरमा संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, नागरिक समाज, गैरसरकारी…
