नेपाल जागरुक युवा समाज को आयोजनामा १७ औँ गणतन्त्र दिवसको अवसर पारी बर्दिबास नगरपालिका वडा नम्बर ११ बजार स्थित बसपार्कमा नेपालको राष्ट्रिय झण्डा फहराउने कार्यक्रम सम्पन्न भएको छ । बर्दिबास नगरपालिका वडा नं. १० र ११ का वडा अध्यक्षहरूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको यश कार्यक्रममा स्थानीय बुद्धिजीवी र भद्र भलाद्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियोे । कार्यक्रममा दुबै वडाका वडा अध्यक्ष ज्यूहरुले सिङ्गो खयरमारा वासिको आर्थिक विकाश र समाजको रुपान्तरणका लागि सम्पूर्ण खयरमारा वासिहरू एउटै छाता मुनि रहनु नै आजको आवश्यकता रहेको बताउनु भएको छ ।
बर्दिबास नगरपालिकाद्वारा गणतन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्दैछ। नगरपालिकाले सरसफाई तथा दिप प्रज्वलन कार्यक्रम जेठ १५ गते साँझ ६ बजेदेखि साढे ७ बजेसम्म सरसफाई सकेर सिन्धुली रोड अभिषेक पुस्तक पसल अगाडि भेला भई दीप प्रज्वलन गर्ने जनाएको छ। जेठ १६ गते बर्दिबास अस्पताल मा सरसफाई तथा बिरामीहरूलाई फलफुल वितरण गर्ने कार्यक्रम रहेको छ। सो कार्यक्रम बिहान ७ बजे हुँदैछ। नगरपालिकाको गणतन्त्र दिवस कार्यक्रम आयोजना समिति जेठ १४ गते बसेको बैठकले कार्यक्रम आयोजना गरी २०८१ सालको गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो। कार्यक्रममा नगरस्थित राजनीतिक दल सरकारी कार्यालय सुरक्षा निकाय संघसंस्था पत्रकार लगायत सम्पूर्ण नगरवासीहरूमा उपस्थितिका लागि अनुरोध गरेको छ। खयरमारा पोस्टमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री…
बर्दिबास लगायतका क्षेत्रहरूमा शनिबार बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म लाइन अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण गौशाला जनाएको छ। सखुवा वितरण केन्द्रको कार्यक्षेत्रभित्र पर्ने मिथिला नगरपालिकाको कार्यालयदेखि ढल्केबर सबस्टेसनसम्म ११ के.भि. लालगढ फिडरमा कन्डक्टर स्तरोन्नति गर्ने काम भएकाले लाइन काटिनु परेको गौशाला वितरण केन्द्रले जनाएको छ।
सर्लाही, २०८१।०२।०९ लालबन्दि नगरपालिका वडा नं १ लखनदेही पुलस्थित इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले नवलपुरबाट हरिवनतर्फ जाँदै गरेको भारतिय नम्बर प्लेट BR 30 AD 2114 को मोटरसाइकललाई शंका लागि रोक्न खोज्दा मोटरसाइकल चालकले मोटरसाइकल छाडेर भागेका छन्। उक्त मोटरसाइकलबाट प्रतिबन्धित लागु औषध CODEDYL-T (१००ml) १०६ बोतल, VIVO V9 मोबाइल थान-१, र मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। फरार भएका व्यक्तिहरुको खोजी कार्य जारी रहेको र कानुनी प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ। प्रहरीले जनतालाई सचेत रहन आग्रह गर्दै, कुनै शंका लागेमा तुरुन्तै नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ। प्रहरीले यसरी पक्राउ गरेको प्रतिबन्धित लागु औषधका कारण अवैध कारोबार र यसको बढ्दो समस्यालाई…
मिति २०८१।०२।०९ लालबन्दी नगरपालिका ७ बजार स्थित बर्गर हाउस अगाडि पाँच किलोग्राम लागुऔषध गाँजा सहित एक जना पक्राउ परेका छन। इलाका प्रहरी कार्यालय लालबन्दीको प्रहरी टोलीले संकास्पद अवस्थामा प्लाष्टिकको बोरा बोकिरहेको देखि उक्त प्लास्टिकको बोरा खोलेर हेर्दा गहुको दानामा लुकाई राखेको अवस्थामा पाँच किलो गाँजा बरामद भएको छ। पक्राउ पर्नेमा जिल्ला महोत्तरी जलेश्वर नगरपालिका ९ बस्ने नगेन्द्र सिंह रहेका छन्। उनलाई हिरासतमा राखेर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।
