महोत्तरी, साउन २८: महोत्तरीको बर्दिबास नगरपालिका-३ का रेशम बहादुर बलम्पाकीले नगद चार लाख सत्तरी हजार रुपैयाँ चोरी भएको घटनामा संलग्न तीन व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। घटना मिति २०८१ साउन २८ गते बिहान करिब १०:३० बजे घटेको हो। बलम्पाकीले सिन्धुलीबाट बर्दिबासतर्फ जाँदै गरेको ना ३ ख २८७६ नम्बरको बसमा आफ्नो कालो ब्यागमा राखेको नगद रकम हराएपछि प्रहरीलाई जानकारी गराएका थिए। बर्दिबासको गौडी डाँडास्थित जनसेवा अस्पताल अगाडि बसबाट ओर्लिँदा उनले उक्त रकम नभएको पत्ता लगाए।प्रहरीले तत्कालै खोजतलास सुरु गरी राति २२:३० बजे सर्लाहीको बागमती नगरपालिकामा अवस्थित कालिका होटेलबाट तीन अभियुक्तलाई पक्राउ गर्यो। पक्राउ परेका व्यक्तिहरूमा रामबहादुर थिङ (४०, बागमती न.पा.-४), कृष्ण सिंह ठकुरी (४४, धादिङ नीलकण्ठ न.पा.-४), र रुपक कुमार भुजेल…
उदब धमला, खयरमारा पछिल्लो समय म खयरमाराको भद्र्भलाद्मी,समाजसेवी राजनीतीज्ञ र जनप्रतिनिधिहरुले यहाँका सर्वसाधारणहरुलाइ हेर्न नजर र सर्वसाधारणले गर्ने विश्वासलाई केलाउँदै आइरहने क्रममा समग्रमा खयरमारालाइ बुझ्दा खयरमारामा नयाँटोलबाट तलतिर बरमथानसम्म,तल्लो १६ नम्बर , तल्लो बयलबास र सात नम्बरमा तल्लो सात नम्बरका नागरिकहरुलाइ हेर्दा यहाँका नागरिकहरू समाजको कुनैपनी गतिविधिमा अथवा खयरमारामा सिर्जना भएको करार रोजगारीको क्षेत्रमा संलग्न भएको पाइन्न। ○ # के यो क्षेत्रमा बसोबास गर्ने नागरिकले चासो नदेखाएका नै हुन त ?? => कदापि हैन ।म पनि यहीँ बसोबास गर्दछु। मलाई लाग्छ हामीलाई जनप्रतिनिधि ,समाजसेवी राजनीतिज्ञ र भद्रभलाद्मीहरुले हेर्ने नजर र हामीले भुस्याहा कुकुरलाई हेर्ने नजर एउटै रहेको छ भन्दा पनि फरक नपर्ला । जस्तो कि हामीले भुस्याहा कुकुरलाई तिहारमा कुकुर…
oplus_2 बर्दिबास ११, खयरमारा निवासी हरी प्रसाद देवकोटाको घरमा आज राति करिब १ बजे भीषण आगलागी भएको छ। माउन्ट एभरेष्ट बोर्डिङ अगाडि रहेको देवकोटाको घरमा लागेको आगोले भान्साघर र गोठलाई पूर्ण रूपमा ध्वस्त बनाएको छ। oplus_34 आगोको कारणले ठूलो क्षति भएको छ, तर स्थानीय बासिन्दा, प्रहरी, र दमकलको तदारुकताले देवकोटाको पक्की घरलाई भने जोगाउन सफल भएका छन्। आगलागीको कारण खोले पकाएर छोडिएको आगोले टिपेर सुरु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। आगलागीले परिवारमा ठूलो आर्थिक र मानसिक क्षति पुर्याएको अनुमान गरिएको छ भने आर्थिक क्षतिबारे थप विवरण आउन बाँकी रहेको छ। यस घटनापछि स्थानीय प्रशासनले घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरेको छ।
मकवानपुरको शान्त गाउँ मार्खुमा रहेको कुलेखानी ड्यामसाइड होटल, काठमाडौँबाट केवल ३० किलोमिटरको दूरीमा, पर्यटकहरूका लागि छिटो लोकप्रिय गन्तव्य बन्दै गएको छ। होटलको बढ्दो लोकप्रियता यसको सुन्दर प्राकृतिक दृश्य, शान्त वातावरण, र मनमोहक दृश्यहरूका कारण हो, जसले हरेक आगन्तुकलाई मन्त्रमुग्ध पार्दछ। कुलेखानी ड्यामसाइड होटलमा आगन्तुकहरूले शान्त वातावरणमा विभिन्न गतिविधिहरूको आनन्द लिन सक्छन्। कुलेखानी ताल शान्त बोटिङका लागि उपयुक्त स्थान हो भने साहसिक कार्यका प्रेमीहरूले जिप-लाइनको रोमाञ्चक अनुभव पनि गर्न सक्छन्। नजिकैका आकर्षणहरूमा मोहिनी झरना, ऐतिहासिक चित्लाङ गाउँ, र सिम भञ्ज्याङ, दामन, र पालुङ जस्ता मनोरम स्थानहरू छन्, जसले यात्रीहरूलाई अनौठो अनुभव दिन्छ। होटलले ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकता दिन्छ, जहाँ दक्ष सेफहरूले गुणस्तरीय परिकार तयार पार्छन्। आगन्तुकहरूले तालका ताजा माछा, लोकल कुखुरा,…
बर्दिबास न.पा. वडा नं.१४ बर्दिबास स्थित पुर्ब पश्चिम लोकमार्गमा बिशेष सूचनाको आधारमा प्रहरीले प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको छ। चेकजाँच गर्ने क्रममा बा.प्र.०३-००१ ख २८३२ नं को मिनी ट्रक नरोकी द्रुत गतीमा भागी फरार रहेकोमा तुरून्तै इ.प्र.का. बर्दिबासबाट प्र.ना.उ. रेवती रमण पोखरेलको कमाण्डमा प्रहरी टोली परिचालन भई खोजतलास गर्दा बर्दिबास न.पा. वडा नं०१ स्थित यामाहा सो- रूम अगाडी BR30G 7043 नं को भारतीय ट्रकमा प्लास्टिकको पोका भित्र गाँजा जस्तो पदार्थ पल्टी गर्दै गर्दा नियन्त्रणमा लिई चेकजाँच गर्दा बा.प्र.०३-००१ ख २८३२ नं को मिनी ट्रकको छतमा फल्स बटन बनाई लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले फेला पारी तौल गर्दा ६११ किलो गाँजा बरामद गरेको हो। पक्राउ पर्नेहरुमा भारत जिल्ला मोतिहारी ग्राम…
