खयरमारा, महोत्तरी – प्रहरी कार्यलय खयरमाराका असाई अर्विन्द पाण्डेको नेतृत्वमा समाज सुधार अभियान अन्तर्गत वालविवाह मुक्त समाज निर्माण र लागुऔषध सेवनविरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। यस अभियान अन्तर्गत, श्री लक्ष्मिवास माध्यमिक विद्यालय, वडा नं. १० झ्याउरेमा आयोजित कार्यक्रममा असाई पाण्डेले वालविवाहका नकारात्मक प्रभावबारे बिस्तृत जानकारी दिनुभएको छ। वालविवाहलाई कानूनी, शारीरिक, र मानसिक रूपमा हानिकारक रहेको उल्लेख गर्दै यसको अन्त्यका लागि समुदायको सक्रिय सहभागिताको आवश्यकता औंल्याउनुभयो। वालविवाह भनेको कानूनी उमेरभन्दा अघि हुने विवाह हो, जसले किशोर-किशोरीको शिक्षा, स्वास्थ्य, र उज्ज्वल भविष्यमा प्रत्यक्ष असर पुर्याउँछ। यसका साथै, यसले महिलामाथिको हिंसा र असमानताको चक्रलाई थप बल दिन्छ। कार्यक्रममा लागुऔषध दुर्व्यसनको हानिकारक असरबारे पनि जनचेतना फैलाइएको थियो। सहभागी विद्यार्थी, शिक्षक र अभिभावकलाई लागुऔषधको…
सर्लाही, कार्तिक २० सर्लाहीको ईश्वरपुर नगरपालिका–२ मियाखोरस्थित पोखरीमा कार दुर्घटना हुँदा कारभित्र रहेका महोत्तरी गौशालाका ३७ वर्षीय सुरेश महतो र महोत्तरी सोनामाका ३७ वर्षीय रामाकान्त ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार कारमा सवार महोत्तरीको गौशाला नगरपालिका–२ का अन्दाजी ३१ वर्षीय जनक यादव सकुशल रूपमा बाहिर निस्किएका छन्। तर, गौशाला नगरपालिका–१० का ३७-३८ वर्षीय सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुर पोखरीमा डुबेर उनीहरूको मृत्यु भएको हो। उनीहरूको खोजीका लागि महोत्तरीमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ताबाट गोताखोर परिचालन गरिएको छ।उद्धार र खोजी कार्यका लागि सुरक्षा बेस सागरनाथबाट र इलाका प्रहरी कार्यालयबाट केशरजंगबाटसमेत सुरक्षा फौज खटिएको छ।कार अनियन्त्रित भएर सडक…
तेस्रो स्व. युवराज श्रेष्ठ स्मृति कप २०८१ अन्तर्गत आयोजित पूर्व प्राथमिक, प्राथमिक, र खुल्ला गरी ३ रनिङ सिल्ड प्रतियोगिता तथा जुनियर फुटबल (ब्वाइज), सिनियर फुटबल (ब्वाइज), र सिनियर फुटबल (गर्ल्स) लगायत ६ प्रकारका खेलहरूमा माउन्ट एभरेष्ट विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै उल्लेखनीय सफलता हासिल गरेको छ। Oplus_0 प्रतियोगितामा १२ विद्यालयका ४०० भन्दा बढी खेलाडीले भाग लिएका थिए। तीव्र प्रतिस्पर्धाबीच माउन्ट एभरेष्ट विद्यालयले महिला फुटबलमा प्रथम स्थान, पुरुष फुटबलमा तेस्रो स्थान, सिनियर रनिङ सिल्ड (एथलेटिक्स) मा दोस्रो स्थान, र जुनियर रनिङ सिल्ड (एथलेटिक्स) मा तेस्रो स्थान हासिल गरेको छ। एनप्याव्सन बर्दिवासले आयोजना गरेको प्रतियोगितामा १२ वटा विद्यालयहरुलाई पछाडी पार्दै युवराज स्मृति कपको उपाधी तेश्रो वर्ष पनि फ्लोरेन्स एकेडेमीले जितेको छ । तिन…
बर्दिवास, कार्तिक "स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद" भन्ने नारासहित बर्दिवास नगरपालिका वडा नं. ३ को आयोजनामा वडा अन्तरस्तरीय फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। कार्तिक १० देखि १३ गतेसम्म सञ्चालन हुने यस प्रतियोगिता बर्दिवास नगरपालिका वडा नं. ३ स्थित गौरीडाँडा, मकालु होटलदेखि पूर्व क्षेत्रमा हुने छ। यस प्रतियोगितामा नगरका खेलप्रेमीहरू र नगरवासीहरूको व्यापक सहभागिता हुने अपेक्षा गरिएको छ। प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमलाई नगद रु. २०,००० वा १० धार्नीको खसी पुरस्कार प्रदान गरिनेछ भने दोस्रो स्थानका लागि नगद रु. १५,००० वा ८ धार्नीको खसी पुरस्कार राखिएको छ। साथै, विजयी टिमहरूलाई प्रमाणपत्र र पदक पनि वितरण गरिने आयोजक समितिले जनाएको छ। आयोजक बर्दिवास न.पा. वडा नं. ३ को कार्यालयले…
नेपालको महोत्तरी जिल्लाको खयरमारामा भोलि (असोज २२, २०८१) देखि एक हप्तासम्म मौसम आंशिक रूपमा बदली रहनेछ। २२ गते मंगलबार हल्का पानी पर्ने सम्भावना ३०% रहेको छ। तापक्रम दिउँसो ३१ डिग्री सेल्सियसको हाराहारीमा पुग्नेछ भने राति २५ डिग्री सेल्सियससम्म घट्नेछ।त्यसैगरी, आगामी केही दिनहरूमा पनि लगभग यस्तै रहिरहने अनुमान छ। बुधवार र बिहीवार (असोज २३ र २४) मा पनि ३०-५०% वर्षाको सम्भावना रहेको छ, र तापक्रम ३० डिग्री सेल्सियस वरिपरि हुनेछ। हावाको गतिको मामलामा भने हल्का बतास चल्नेछ।शुक्रवारदेखि आइतबारसम्म (असोज २५-२७) मौसम केही सुधार हुने अपेक्षा गरिएको छ, जहाँ बादल घट्दै जानेछ र तापक्रम ३० डिग्रीभन्दा माथि रहनेछ। आइतबार भने अधिक खुला मौसम रहनेछ, तापक्रम ३० डिग्रीमा सीमित हुनेछ र हावा पूर्वबाट…
