Oplus_131072 जलेश्वर, माघ २५ – महोत्तरी जिल्लामा ६०२ किलो लागुपदार्थ गाँजासहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार राति प्राप्त गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले ट्रकबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नन्दकिशोर प्रसाद चौहानका अनुसार प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकमा लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा उक्त गाँजा भेटिएको थियो।शुक्रबार जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलनको आयोजना गर्दै ट्रकसहित पक्राउ परेका चालक गणेशबहादुर विश्वकर्मालाई सार्वजनिक गरेको छ। उनी कटारी नगरपालिका–१ निवासी २३ वर्षीय युवक भएको खुलेको छ।भंगहाबाट बरामदबर्दिवास–जलेश्वर सडकखण्डअन्तर्गत भंगहा नगरपालिका–६ मजरामा रहेको अस्थायी प्रहरी पोष्ट जमुनिया र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त टोलीले बर्दिवासबाट जलेश्वरतर्फ जाँदै गरेको ट्रकलाई जाँच गर्दा…
सर्लाहीको लालबन्दी नगरपालिका-१५ स्थित कालिन्जोर खोलाको काँसघारीमा लुकाइराखिएको ११० केजी अवैध लागू औषध गाँजा प्रहरीले बरामद गरेको छ। लागू औषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर्दिबास तथा अस्थायी प्रहरी पोस्ट परवानिपुरको संयुक्त टोलीले माघ २० गते राति करिब ९:३० बजे उक्त गाँजा फेला पारेको हो।गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षक सुजन पाठकको कमाण्डमा खटिएको टोलीले खोजतलास गर्ने क्रममा खोलाको उत्तरतर्फ रातो प्लास्टिकले बेरिएको २२ वटा पोका भेटिएको थियो। ती पोकाहरू खोल्दा प्रत्येकमा ५/५ केजीको दरले जम्मा ११० केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ।गाँजा कसले राखेको र कसको लागि ओसारपसार गर्न लागिएको थियो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। बरामद गरिएको गाँजा स्थानीय जनप्रतिनिधि तथा बासिन्दाको रोहबरमा नियमानुसार नियन्त्रणमा लिइएको…
सिन्धुली, २० माघ – प्रहरीले लागु औषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।शनिबार बिहान १२:२० बजे इलाका प्रहरी कार्यालय, भिमानबाट खटिएको प्रहरी टोलीले भिमान चेकपोस्टमा चेकजाँच गर्ने क्रममा हाईस गाडी (बा ५ ख ५९८८) मा सवार एक व्यक्तिलाई पक्राउ गरेको हो।उदयपुर त्रियुगा नगरपालिका-३ बस्ने २९ वर्षीय हेमकान्त चौधरीले लगाएको सर्टको खल्तीमा लुकाइ राखेको अवस्थामा करिब ४.२ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
महोत्तरी — महोत्तरी जिल्लाको गौशाला नगरपालिका-८ निवासी २१ वर्षीय खुश्बु कुमारी यादवको हत्या भएको छ। प्रहरीले दिएको जानकारीअनुसार पारिवारिक विवादका कारण खुश्बुको हत्या भएको आशंका गरिएको छ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तुलाल प्रसाद जयसवारका अनुसार खुश्बुको हत्या भएपछि उनका श्रीमान् अभिषेक यादवसहित परिवारका सदस्यहरू फरार रहेका छन्। हाल प्रहरीले उनीहरूको खोजी कार्य जारी राखेको छ।मृतककाे शव पोष्टमार्टमका लागि जलेश्वर प्रादेशिक अस्पताल पठाइएको छ। हत्याको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।मृतकका माइतीपक्षका अनुसार खुश्बुको विवाह गत विवाहपञ्चमीका अवसरमा अभिषेक यादवसँग भएको थियो। विवाहपछि उनी माइतीघर नफर्किएको बताइएको छ।यस घटनाले स्थानीय क्षेत्रमा सनसनी मच्चाएको छ। परिवारिक कलहका कारण हत्या भएको प्रारम्भिक अनुमान गरिए पनि वास्तविक कारण प्रहरी अनुसन्धानपछि…
जिल्ला प्रहरी कार्यालय सर्लाहीको नेतृत्वमा भएको विशेष अपरेसन अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १४ नारायणखोला मा अवैध रूपमा खेती गरिएका र प्राकृतिक रूपमा उम्रेका गाँजाका बोट नष्ट गरिएको छ। प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (प्र.उ.) रविन्द्र बहादुर सिंहको कमाण्डमा १४० जना प्रहरी, सशस्त्र प्रहरी बल नं. १० गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (सशस्त्र उपरीक्षक) विनोद खनालको नेतृत्वमा ७० जना सशस्त्र प्रहरी सहभागी रहेर २१० जनाको टोली खटिएको थियो। विशेष अपरेसनका क्रममा उक्त टोलीले करिब १२/१३ बिगाहा क्षेत्रफलमा फैलिएका अवैध गाँजाका बोट फडानी गरी आगो लगाएर नष्ट गरेको जनाइएको छ। यो अपरेसनमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका मातहतका ईलाका प्रहरी कार्यालयहरू केशरगञ्ज, हरिपुर, हरिवन, र लालबन्दीका कार्यालय प्रमुखहरू पनि सहभागी थिए।…
